काठमाडौँ । वर्षौँदेखि उपभोग गर्दै आएको जग्गाको कानुनी स्वामित्व नपाएका धनुषाको हंसपुर नगरपालिका–५ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ।

विसं २०७२ मा नाप नक्सा भए पनि रोकिएको स्ववासी तथा गाउँ ब्लक क्षेत्रको दर्ता प्रक्रिया पूरा गरी लालपुर्जा प्रदान गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले बताए।

पुर्जा प्राप्तिसँगै अब नागरिकले कानुनी स्वामित्व पाएका छन् भने बैंकमा धितो राखेर ऋण लिन, जग्गा किनबेच गर्न र आर्थिक गतिविधि बढाउन सहज हुनेछ।

धनुषामा सञ्चालन गरिएको यसै अभियानअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका–१ र २ तथा साविक रमदैया भवाडी गाविस–३ का ३७५ परिवारलाई पनि लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ। नापी सम्पन्न भई दर्ता बाँकी अन्य क्षेत्रको विवरण पनि अध्ययन भइरहेको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको