काठमाडौँ । लगातार परेको वर्षाका कारण आएको पहिरोले घर पुर्दा बागलुङमा एकै परिवारका चार जना सदस्यहरूको दुःखद निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले दिएको जानकारीअनुसार निसीखोला गाउँपालिका–३ की स्थायी बासिन्दा श्यामकुमारी विक र उनका तीन जना छोराहरू—मनोज विक, मुकेश विक र निसान विकको पहिरोमा पुरिएर मृत्यु भएको छ।
घटनालगत्तै उद्धारका लागि खटिएको प्रहरी तथा स्थानीय बासिन्दाहरूको टोलीले केही समयअघि मात्र उनीहरूको शव पहिरोबाट बाहिर निकालेका थिए।







