काठमाडौँ । कांग्रेसले एक वरिष्ठ र एक महिला उपसभापति थप गर्ने भएको छ । यस्तै महामन्त्री पनि तीनजना बनाउने निर्णय भएको छ । भरखरै १५औं महाधिवेशनस्थल खुलामञ्चमा सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
महामन्त्री र उपसभापतिमा एकएक जना महिला अनिवार्य गरिएको हो ।
त्यसैगरी दुई खुला र एक अल्पसंख्यक गरी तीन सहमहामन्त्री थप्ने पनि निर्णय भएको छ । यसअघि सहमहामन्त्रीको संख्या ११ थियो । अब सहमहामन्त्री १४ जना हुनेछन् ।
यस्तै केन्द्रीय सदस्यको संख्या पनि थप गर्ने निर्णय बैठकले गरेको छ ।
सोमबार सुरु हुने बन्दसत्रको पहिलो प्रस्ताव नै विधान मस्यौदा संशोधनसम्बन्धी प्रस्तुत हुने कार्यक्रम छ







