काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । त्यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका नवनिर्वाचित उपसभापति मधु आचार्यले जानकारी दिए । उनले भने, ‘मतगणना सकिएको छ । निर्वाचन समितिले औपचारिक परिणाम घोषणा बाँकी छ ।’
उपसभापतिको खुलातर्फ भण्डारी र आचार्य तथा समावेशीतर्फ चौधरी निर्वाचित भएका हुन् । महामन्त्रीको खुलातर्फ पौडेल र राणा तथा महिलातर्फ संग्रौला निर्वाचित भएका हुन् ।
उपसभापतिको खुलातर्फ दुई पदका लागि भण्डारी, आचार्य, गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र प्रा. डा. चन्द्रमोहन यादव प्रतिस्पर्धामा थिए ।
उपसभापतिको समावेशीतर्फ एक पदका लागि चौधरी, जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण प्रतिस्पर्धामा थिए ।
महामन्त्रीको खुलातर्फ दुई पदका लागि पौडेल, अमरसिंह पुन, राणा, डा. सुनिलकुमार शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, डा. सन्तोष उपाध्याय र शंकर तिवारी प्रतिस्पर्धामा थिए ।
महामन्त्रीको महिलातर्फ एक पदका लागि महालक्ष्मी उपाध्याय (डिना), संग्रौला र रिता खनाल प्रतिस्पर्धामा थिए ।
महाधिवेशनमा कुल ७ हजार ४३ मत खसेको थियो







