राजविराज,। पुनरावेदन अदालत राजविराजले नगरपालिकाको कार्यालय राजविराजलाई फोहोर व्यवस्थापन तथा सुँगुर लगायतका चौपाया नियन्त्रण गर्न जारी गरेको अन्तरिम आदेश प्रति राजविराज नगरपालिका हाल सम्म उदासिन रहेको छ ।
गत भदौ २५ गते जारी भएको अन्तरिम आदेश सम्बन्धमा नगरपालिका कार्यालय उदासिन रहेको खुल्न आएको छ ।
अदालतले गरेको अन्तरिम आदेश चाँडै कार्यान्वयन गर्नुपर्नेमा नगरपालिका कार्यालयले समन्वय गर्नुपर्ने निकाय सित हाल सम्म छलफल सम्म नगरेको अवस्था रहेको छर्लङ्ग भएको छ ।
अन्तरिम आदेश सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले अदालतले गरेको अन्तरिम आदेश नगरपालिकाले कार्यान्वयन गर्नुपर्ने हो तर कार्यान्वयन गराउन अन्य निकायसँग आवश्यक सहयोग लिनु परेमा सहयोग गर्ने आदेश गरिएको हो । सो सम्बन्धमा नगरपालिकाले हाल सम्म कुनै सहयोगको माग आफुसँग नगरेको बताए ।
सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले अदालतको अन्तरिम आदेश अनुसार आवश्यक प्रहरी लगायतका सहयोग उपलब्ध गराउँन तयार रहेको बताउँदै अदालतले दिएको आदेश फोहोर व्यवस्थापन तथा चौपाया नियन्त्रण सम्बन्धमा नगरपालिकाले हाल सम्म छलफल नगरेको बताए ।
यद्यपी, प्रहरीले नगरपालिकाको अदालत रोड तथा सिरहा सडकमा स्थानीयहरुलाई फोहोर नफ्याक्न बेलुकी प्रहरीको ड्युटी नै खटाइएको प्रहरी उपरिक्षक ढकाल बताउँछन् ।
यसैगरी, जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख प्रशासक विजय झाले अन्तरिम आदेश सम्बन्धमा अस्पतालले उत्सर्जित फोहोर निश्चित स्थानमा थुपार्ने गरेको बताउँदै नगरपालिकाले फोहोर व्यवस्थापन तथा चौपाया नियन्त्रणमा गम्भिर नदेखिएको आरोप लगाए ।
सो सम्बन्धमा राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णु गुरुङले पुनरावेदन अदालतको आदेशलाई पालना गर्दै छाडा सुँगुर र चौपायालाई कार्यान्वयन गर्नको लागि आवश्यक पहल भइरहेको बताउँदै चौपया तथा सुँगुरलाई नियन्त्रण गरी राखिने खोरको व्यवस्थापन नगरपालिकाले गरिरहेको सो पश्चात चाँडै यस समस्याको समाधान गर्ने बताए ।
यत्ता, निवेदक अधिवक्ता कौशल किशोर दत्तले अदालतको अन्तरिम आदेश पालना गर्न ढिलाई गरे अदालतको अवहेलना हुने हुँदा अवहेलना मुद्दा दायर गरिने बताए ।
अदालतको अन्तरिम आदेश सक्दो चाँडो कार्यान्वयन हुनु पर्छ । आदेश कार्यान्वयनमा आल–टाल गर्ने नगरपालिकाका कार्यकारी अधिकृत गुरुङलाई कार्वाही गर्नुपर्ने माग कानून व्यवसायी परिषदका पूर्वाञ्चल सदस्य समेत रहेका अधिवक्ता हेम नारायण चौधरीको भनाई छ ।
नगरपालिकामा विगत वर्षाै देखि चौपायाले नगरपालिका–१ स्थित हटिया लगायत नगरको मुख्य सडकमा सुँगुर लगायत छाडा गाई तथा चौपायाले मानिसलाई हिडडुल गर्न समेत आदेश हनुका साथै इन्सेफलाईटिसबाट नगरभित्र एक बालकको मृत्यु भएपछि अधिवक्ता दत्तले रिट निवेदन दिएका थिएँ ।
उक्त रिट निवेदनको सुनुवाईमा पुनरावेदन अदालत राजविराजका मुख्य न्यायधिश कुमार चुडाल र न्यायाधिश उमेश कुमार सिंहको इजलासले गत भदौ २३ गते नगरपालिका कार्यालयलाई फोहोर व्यवस्थापन, तथा सुँगुर लगायतका चौपाया नियन्त्रणका लागि अन्तरिम आदेश जारी गरेको थियो ।
नगरपालिका एकलैले उक्त काम गर्न नसक्ने जनाउँदै आवश्यक सहयोग गर्न जिल्ला प्रशासन सप्तरी, जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला विकास समितिको कार्यालय सप्तरी, जिल्ला जन स्वास्थ्य कार्यालय सप्तरीलाई समेत अन्तरिम आदेश मार्फत गरिएको छ ।
लामो समय देखि नगरमा व्याप्त छाडा चौपाया आतंकबाट आजित नगरवासीमा अदालतको अन्तरिम आदेशबाट खुसी भएपनि आदेश कार्यान्वयन पक्ष उदासिन भई दिँदा नगरवासी यथावस्थामा बस्न बाध्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको