राजविराज । सप्तरी प्रहरीले जिल्लाको गाविस मधेपुरा–९ कट्टी टोल र गाविस कोचाबखारी–६ स्थित लोखरमबाट भन्सार छली गरी ल्याउँदै गरिएको बतिस हजार भन्दा बढीको सर–समान बुधबार र बिहीबार बरामद गरेको छ ।
प्रहरी चौकी कोइलाडी बर्साइनबाट खटि गएको प्रहरीको एक टोलीले कट्टीबाट अन्दाजी मुल्य रु. सात हजार बराबरको राजनिवास चौविस प्याकेट र खैनी विस प्याकेट बुधबार बरामद गरेको छ ।
यसैगरी, प्रहरी चौकी तिलाठीबाट खटि गएको प्रहरीको गस्ती टोलीले भन्सार छली नेपाल भित्र्याउँदै गरेको अन्दाजी मुल्य रु पच्चिस हजार दुई सय अस्सी रुपैयाँ बराबरको कस्मेटिक (महिलाहरुका श्रृंगारका समान) लोखरमबाट बरामद गरेको छ ।
बरामद गरिएका सम्पूर्ण सर–समान आवश्यक कार्वाहीका लागि राजविराज भन्सार कार्यालय बुझाइएको छ ।
प्रहरीले सर–सामान बरामद गरेपनि मानिस भने भाग्न सफल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको कथन रहेको छ ।