तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सहमहामन्त्री जय प्रकाश ठाकुर सित वर्तमान राजनैतिक तथा समसामयिक विषयमा माई संचार डटकमबाट पंकज झाले गरेको कुराकानीको संक्षिप्त अंश
शिप बाड्दै गरेको अवस्थामा राजनिति तर्फ मोडिनु भयो । कसरी ?
– राजनितिक त मेरो व्याकग्राउण्ड नै हो । सव भन्दा पहिलो तपाईले यो बुझ्नु पर्छ की २०३६ सालको जनमतट संग्रहमा बहुदलको अभियोग लागेर म अवकाश प्राप्त गरेको हो । २०३२ सालतिर म नेपाल सरकारको कर्मचारी हुँदा सिरहा जिल्लाको भगवतपुर बुथमा मलाई बहुदलको अभियोग लगाई २०३६ साल कार्तिक ३० गते अवकाश दिईयो । पहिलो देखि नै मेरो राजनैतिक व्याक ग्राउण्ड छ, बिचमा टेक्नीकल शिक्षा तिर लागें । राजनैतिकमा म पहिले देखि नै छु ।
मधेशी मोर्चाको समर्थनमा वर्तमान सरकार ठडिएको छ । दशै, तिहार, छठ हुँदा हुँदै अब कार्तिक मसान्त भित्र संशोधन प्रस्ताव सदनमा लागे कुरा सरकारले भनेको छ, मधेशी मोर्चाले भने छठ सम्म संशोधन प्रस्ताव सदनमा न लगिए आन्दोलन गर्ने बताउँदै आएको छ । के गर्नु हुन्छ तपाईहरुले ?
– तपाई एउटा कुरा बुझ्नुस जुन सुकै सरकार, केपी ओलीको सरकार होस् प्रचण्डको सरकार होस, जसको सरकार भएपनि उनीहरुको अन्तरआत्मामा मधेशीको माग पुरा गर्न ईच्छा छैन । यो देखाउँनलाई म मधेशी मोर्चाको पक्षमा हुन्छु, तपाई विपक्षमा हुनुस भन्ने अहिले पनि त्यही आन्तरिक रुपमा एमाओवादी र काँग्रेस सरकारमा छ, यिनीहरुले आन्तरिक रुपमा एमालेलाई तपाईहरु विरोध गर्दै गर्नुस हामी पक्षमा हुन्छौं भन्ने सहमति गरेको छ ।
त्यो न भएको भएँ प्रधानमन्त्रीले भारत भ्रमण भन्दा पहिले गर्छु, त्यसपछि दशै अघि, त्यसपछि तिहार भन्दा पहिलो पेश गर्छ, र त्यसपछि छठ भन्दा अघि पेश गर्छु । अब, अहिले आएर यो महिना भित्र पेश गर्छ । तर, अहिले सम्म के पेश गर्ने भन्ने सम्मको मोर्चा सँग छलफल भएको छैन । छलफलै नभईकल, यो भन्दा पहिले पनि संविधान संशोधन भएकै हो त! तर त्यसमा हाम्रो कुनै माग सम्बोधन भएको थिएन । कुनै छलफल भएको थिएन । अहिले पनि हामीसँग जुन तीन बुँदे सहमति भएको छ, त्यसमा के गर्ने? सिमांकन लगायत अन्य विषयमा कुनै किसिमको सल्लाहै भएको छैन । तर भन्छन म गर्छु के गुर्छ? मलाई त अहिले पनि विश्वास छैन यिनीहरुले गर्छन । त्यसैले यो महिना भित्र संविधानको संशोधनको प्रस्ताव मस्यौदा हाउँसमा गएन भने हामी आन्दोलनको जुन अहिले स्वरुप परिवर्तन भउको हो । त्यो पनुः निर्णय गरेर आन्दोलनमा जाने तयारी गर्दछौं ।
भनेपछि तपाईहरु ठगिदै हुनुहुन्छ भन्ने अनुमति भन्ने अनुभुति गरी सक्नु भएको छ ?
– निश्चित रुपले यिनिहरुको मनसाथ, चाहे काँग्रेस होस, चाहे माओवादी होस, चाहे एमाले होस तिनटै पार्टीहरु मधेशप्रति बेईमान गर्दैछन् । यिनीहरुको नियत नै बेइमानी छ । नियत नै सफा नभएपछि न केही भन्न सकिन्न! तर, हामी बुझिरहेका छौं । तर, तीनवटै बेइमानमा को कति बोइमान मुल्यांकन गर्नु पर्नेछ । एक चाोटी त्यसैले हामीले अहिले सरकारको समर्थन गरेपनि सरकारमा सहभागि हुन नियन्त्रणमा जादैनौ र त्यही अनुकुल हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएर हामी आन्दोलनमा सशक्त रुपमा जाने तयारीमा छौं ।
तपाईहरु पटक–पटक आन्दोलन गर्दा जनताहरु तपाईहरु सँगै हिड्छन त? लाग्छ तपाईलाई ?
– निश्चित रुपमा, हामीले मधेशमा बस्ने सम्पूर्ण मधेशीका भविष्यका लागि, संविधान भनेको कुनैपनि देशको मुल कानून हुन्छ र त्यसमा मधेशीको हक अधिकार सुनश्चित हुनुपर्छ, जनसंख्याको आधारमा समानुपातिक, समावेशी प्रतिनिधित्व हुुनुपर्छ भन्ने हाम्रो माग हो जुन सुकै व्यक्तिको होईन, यो सम्पूर्ण मधेशमा बस्ने मधेशीको रुपले सवै आन्दोलनमा जान्छन । कसैको व्यक्तिगत चाहना होईन यो सम्पूर्ण मधेशबासीको चाहना हो ।
आन्दोलन शुरु गर्दा सम्पूर्ण मधेशवादी दलहरु एक भई आन्दोलन शुरु गर्नुहुन्छ, बीचमा जुंगाको लडाई गर्दै सबै फुट्नु हुन्छ, यसरी मधेश र मधेशीको माँग पुरा हुन्छ ?
– तपाई एउटा कुरा के बुझ्नुस भने यो देशमा १२९ वटा पार्टीहरु छन् । त्यसमा २९ वटा पार्टी मधेशमा छैन । अरु त! पहाडी पार्टीहरु त छन नी ! मधेशमा आफ्नै देशमा उपनिवेश भई मधेशी माथि गरिएको बिभेद बिरुद्ध हामी सवै मधेशवादी दलहरु संयुक्त रुपमा आन्दोलन गरिरहेको छौं । त्यसपछि, पार्टीको आ–आफ्नो सिद्धान्त हुन्छ, आ–आफ्ना कुराहरु हुन्छन् । तर अहिले कुनै पार्टीको नभई समग्रमा मधेशी जनताको यो लडाई भएकोले सम्पूर्ण पार्टीहरु एक भएर लागि परेका छौं ।
राज्यबाट मधेशी उपेक्षित भयो, अपहेलित भयो भन्दै आन्दोलन गरी राख्नु भएको छ । तर, मधेशमै पनि त! मधेशकै केही जाँत–जाति ठूला वर्गबाट शोषित उपेक्षित भई रहेका पनि छन नी? तिनीहरुप्रति तपाईहरुको ध्यान कीन पुग्दैन ?
– कुनै पनि राजनैतिक पार्टीको जाँत हुँदैन हामी त! सम्पूर्ण मधेशीको अधिकारका लागि लडाई गरिरहेका छौं । त्यसैले कुनैपनि जाँत–जातिका सित हामी भेदभाव गरेका होइनौं । काँग्रेस, एमाओवादी र एमालेका सभाषदहरुलाई पनि हामी के भन्छौ भने हाम्रो अधिकार पाईयो भने तराईमै रहेका अन्य पार्टीका सांसदहरुले अधिकार पाउँदैनन ? सवैले पाउँछ नी! त्यसले गर्दा हामी त समग्र मधेशमा बस्ने सम्पूर्ण सँगै आह्वान गर्छौ यसमा जुटौ र अधिकार लिऔं ।
स्थानीय संरचनाप्रति यहाँको कस्तो धारणा रहेको छ ?
– सबभन्दा पहिले के बुझ्नुस भने सिमांकनमा हाम्रो विवाद छ । समग्र मधेशमा कसरी विकाश गर्ने कत्रो बनाउने त्यो त प्रान्तिय सरकारको दायित्व हो । बिचमै यो केन्द्रिय सरकारले हतारमा यो गर्ने कुनै औचित्य छैन । किन छैन भने स्थानीय संरचनाको आयोगले ५६५ वटा गाउँपालिका र नगरपालिकाको अवधारणा प्रस्तुत गरेको छ । जसमा ५६५ मा १८८ वटा मात्र मधेशमा पर्छ । जबकी मधेशको जनसंख्या ५१ प्रतिशत भन्दा बढी छ । ५१ प्रतिशत भन्दा बढी जनसंख्यालाई १८८ वटा र ४९ प्रतिशतको संख्यालाई ३७७ वटा । तपाई हामीलाई के थाहा हुनुपर्छ भने बजेटको निकाशाको जुन प्रक्रिया हुन्छ, संख्यालाई आधार मानिन्छ । गाउँ पालिका र नगरपालिकालाई मानिन्छ । एकातिर अधिकारमा बन्चितभएका छन् । अर्कातिर केन्द्रबाट मधेशलाई गाउँपालिका र नगरपालिका थोरै दिने निति लादिएको छ । विकास कसरी हुन्छ ? बजेटको ८० प्रतिशत उनीहरुले लान्छन् ।
त्यसैले सिमांकन नटुंगीएसम्म, हाम्रो अधिकार नपाईएसम्म यो संरचनालाई हामी मान्न तयार छैनौ र यो संरचना जवर्जस्ती लादियो भने हामी निर्वाचन पनि हुन दिदैनौ हाम्रो निर्णय हो ।
अन्य जिल्लाको अपेक्षा सप्तरी जिल्लामा विकासको गति कम हुनुमा के देख्नु हुन्छ तपाई ?
– अव हेर्नुस! सप्तरी मात्रै होइन मधेशमै विकास भएको छैन । म तपाईलाई नेपालको बजेट हेर्नु भयो भने नेपालको कुल राजस्वको ८० प्रतिशत मधेशबाट, तराईबाट आउँछ । तर, खर्च हेर्नु भयो भने मधेशमा जम्मा १९ दखि २१ प्रतिशत सम्म अहिले सम्म खर्च गरिन्छ । मधेश नै उपेक्षित छ । पुरै मधेश नै उपेक्षित भएको हुँदा सप्तरी पनि त्यसैमा पर्छ ।
त्यसैले हाम्रो माँग नै त्यही हो । हामीलाई स्वायत्य मधेश चाहिएको छ । हामी आफ्नो कानून बनाउँने हामी आफ्ना आयस्रोत उपयोग गर्न पाउँने, हाम्रो चाहना नै त्यही हो ।
अनत्यमा तपाई माई संचार डटकम मार्फत जिल्लावासीलाई के भन्न चाहनुहुन्छ ?
– म के भन्न चाहन्छु भने अहिलेको यो आन्दोलन कनुै व्यक्ति पार्टीको नभईकन समग्र मधेश र सम्पूर्ण मधेशीको रहेकोले गर्दा म जुनसुकै पार्टीमा आवद्ध भएका मधेशी समग्र जनतालाई मैले
मधेशको माँग सम्बोधन होस, जसले गर्दा सबैको अधिकार पूर्ती हुन्छ र आफ्नो सन्ततिका लागि अधिकार सुरक्षित होस, हरेक ठाउँमा जनसंख्याको आधारमा सबै कुरा पाओस त्यसको लागि समग्र मधेशी भाषाभाषीसँग अपिल गर्न चाहन्छु । यो आन्दोलनमा हाम्रो माँग प्रति सबैको समर्थन होस् ।
अति व्यस्तताका बाबजुद तपाईले माई संचार डटकमलाई समय उपलब्ध गराईदिनु भएकोमा धन्यवाद !
–तपाईलाई पनि धन्यवाद! माई संचार डटकम मार्फत मलाई मेरो भावना जनता समक्ष राख्ने मौका दिनु भएकोमा धेरै–धेरै धन्यवाद!