
भदौ २ गतेबाट रिलिज हुने यो चलचित्रको अफिसियल पोष्टरमा मुख्य कलाकारद्धय नायक आशिरमान देशराज जोशी र नायिका आना शर्मालाई प्रस्तुत गरिएको छ । यसको निर्माणपक्ष, आशिरमान र आनाको केमेष्ट्रीमा बढी भर परेको देखिएको छ ।
सरोज न्यौपानेको निर्माणमा तयार भएको यो फिल्मलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । चलचित्रको फस्टलुक ग्याङस्टार शैलीमा बनाइएको छ ।
चलचित्रमा आशिरमान र आनाका अलवा रोजिशा शाही, संयम पुरी, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको एक्सन, रोमान्स र कथावस्तुलाई दर्शकले मन पराउने निर्माता न्यौपानेले बताए ।