राजविराज– आज तराई–मधेसमा भाइ–बहिनीको स्नेह रप्रेमको प्रतीक भरदुतिया पर्व मनाइँदै छ। यो पर्व दीपावलीको दुई दिन पश्चात्  अर्थात् कार्तिक महिनाको शुक्ल पक्ष द्वितीया तिथिको मनाइने परम्परा छ । यो पर्व मा बहिनीहरुले भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन् ।

दिदीबहिनीले दाजुभाइलाई चामलको पिठोले अरिपन बनाएर काठको पिडहीमा बसाउँछन् । त्यसपछि दाजुभाइको हातमा पान सुपारी राखेर मैथिली भाषामा मन्त्र उच्चारण गरिन्छ । मन्त्रमार्फत दिदीबहिनीले दाज्भाईको  दीर्घायुको कामना गर्छन् ।  पूजा सकिएपछि दाजुभाइलाई मिठाईलगायत परिकार खुवाउने चलन छ । तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भए पनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको