काठमाडौं –संघीय समाजवादी फोरम नेपालका नेता एवम् प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफ्नो जातीय संस्कृतिभन्दा अलग संस्कृतिको कार्यक्रममा सहभागी भएर चर्चामा आएका छन् ।

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री राउतले बिहीबार नेवार समुदायले मनाउने म्ह पूजामा सरिक भए । म्ह पूजामा सहभागी भएर राउतले नेवारी संस्कृतिअनुसार पूजाअर्चना गरेपछि प्रशंसा भएको हो ।

वीरगञ्जमा बिहीबार सम्पन्न म्ह पूजामा मुख्यमन्त्री राउत आफै सहभागी भएका थिए । उनले पूरै नेवारी परम्पराअनुसार म्ह पूजा गरेका थिए ।

म्ह पूजामा सहभागी भएका मुख्यमन्त्री राउतको त्यो अहिले तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बेलाबेला हिन्दूहरूको चाढपर्वमा समेत सरिक हुँदै आएका मुख्यमन्त्री राउतले सबै धर्म र संस्कृतिलाई बराबरीको सम्मान दिने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको