राजविराज – डाक्नेश्वरी नगरपालिकामा भएको अनियमितता सम्बन्धी दिनानुदिन पोल खुल्दै गइरहेको छ ।
कमिशनकै लागि नगरपालिकाभित्र झमेला चलिरहेको छ । नगर प्रमुख, अधिकृत र लेखापालका विचमा केही दिन अगाडी कमिशनकै लागि झमेला भएको एक स्थानीयले बताए ।
यद्यपि नगरपालिकाका मेयर शिव नारायण साहले नगरपालिका भित्र डाटा संकलन गरेका व्यक्तिलाई पारिश्रमिक नदिएको विषयमा झमेला भएको बताए । नगरपालिकाबाट नदीहरुमा पुल निर्माणका लागि स्वाइल टेष्टको नाममा निकालिएको ३७ लाख रुपैयामा समेत हिनामिना भएको नगरपालिका भित्रका एक अधिकारीले जानकारी दिए । ५ ओटा नदीमा स्वाइल टेस्ट गर्नुपर्नेमा हालसम्म एकमात्र नदीमा स्वाइल टेस्ट भएको नगरपालिकाका उपमेयर इन्दुदेवी यादवले जानकारी दिए । यता मेयर साहले पाँच वटै नदिमा स्वाइल टेस्ट भइसकेको दावी गरे ।
२०७४ मा नगरपालिका भित्र भएको विकासीय कामहरुमा व्यापक कमिशनको चलखेल भएकै कारण नगरपालिकाका ३६ जना सदस्यहरुले सभा बोलाउन माग गरी अनियमितता सम्बन्धी छानबिन अगाडी बढाउनुपर्ने समेत माग गरेका थिए । तर हालसम्म सभा नबोलाउँदा नगरपालिकाभित्र भ्रष्टाचारको गन्ध आइरहेको नगरपालिकाका सदस्य उषा रायले जानकारी दिए । यस सम्बन्धमा मेयर साहले हरहिसाव दुरुस्त नरहेका कारण सभा बोलाउन ढिला भएको प्रतिक्रिया दिए । उनले भने– लेखापालको सरुवाले गर्दा हर हिसाव मिलाउन नसकिएका कारण सभा बोलाउन ढिला भएको हो ।
उनले नयाँ लेखापाल आइसकेको हुँदा अब चाँडै सभा बोलाउने तयारी भइरहेको जानकारी दिए ।
नगरपालिकाले सूचना दिन आलटाल
नगरपालिकामा भएको आर्थिक कारोवार र विकासीय योजना बारे गत आश्विन महिनामा सूचनाको ऐन बमोजिम डाक्नेश्वरी युवा क्लवका अध्यक्ष समेत रहेका अमरेन्द्र यादवले सूचना माग गर्न पत्र दर्ता गराए । तर हालसम्म उसले कुनै सूचना पाउन सकेको छैन ।
सूचना लिन पटक पटक ताकेदा गर्दा पनि अधिकारीहरुले सूचना दिन मानेको छैन । सर्वसाधारणहरुलाई सूचनाको हक हुदा हुदै पनि सूचना नदिनु गैर कानूनी हो । सूचना नदिनुको कारण नगरपालिकाभित्र व्यापक अनियमितता भएको स्थानीयहरु बताउँछन् । कर्मचारीले नियतबस नै सूचना नदिएको स्थानीय छोटेलाल यादवले जानकारी दिए । उनले भने– सूचना नदिने माथि कुनै कारवाहीको प्रक्रिया छ कि छैन, छ भने हामी सूचना पाउनको लागि माथिल्लो निकायमा पहल गर्छौ ।
सूचना सम्बन्धमा मेयर साहले नगरपालिका भित्रबाट आफुहरु सहजै सूचना उपलब्ध गराइरहेको बताए ।
कर्मचारीको झमेलाका कारण जेष्ठ नागरिक मारमा
नगरपालिकाभित्र भइरहेको झमेलाका कारण हालसम्म समाजिक सुरक्षा भत्त वितरण हुन सकेको छैन ।
७ महिनादेखि समाजिक सुरक्षा भत्ता वितरण हुन नसक्दा जेष्ठ नागरिकहरु मारमा परेका छन् । जेष्ठ नागरिक भत्ताले दिनहु औषधि उपचार गर्दै आइरहेको जेष्ठ नागरिकहरु औषधि बिना रोग सँग लडिरहेको छ ।
डाक्नेश्वरी वडा नं. ८ का झकरी देवी मण्डलले आफु सामाजिक सुरक्षा भत्ता नपाउदा औषधि लिन नसकेको गुनासो गरे । उनले भने– छोरा पनि छैन आफु सँग पैसा पनि छैन, समाजिक सुरक्षा भत्ताको भरमा आफ्नो औषधि उपचारको दैनिकी चल्दै आएको थियो । तर धेरै दिनदेखि नपाउँदा आफुलाई समस्या भएको बताईन् ।
यद्पि मेयर साहले लेखापाल नभएका कारण समाजिक सुरक्षा भत्ता वितरण ढिलाई भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको