राजविराज –  रामेछाप जिल्लाको बाम्ती भण्डार स्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसको नवनिर्मित भवन संचालनमा आएको छ ।

विहिवार जिल्ला समन्वय समिति तथा क्याम्पस व्यवस्थापन समितिद्वारा संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त भवनको औपचारिक उद्घाटन गरिएको हो । भारत सरकारको ३ करोड ५५ लाख अनुदान सहयोगमा बनाइएको उक्त तीनतल्ले भवनमा १२ वटा कक्षाकोठा रहेका छन् ।

भवनमा संकाय, प्रधानाध्यापक, पुस्तकालय, बैठक, लेखा शाखा, प्रयोगशाला, भण्डारणका लागि १/१ कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि शौचालय निर्माण गरिएको हो ।

सन् १९६३ मा स्थापित तथा त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसमा हाल १ हजार विद्यार्थीहरु अध्ययनरत छन् । सन् २००६ देखि यस क्याम्पसले स्नातक तहका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभई रामेछाप तथा यस जिल्लासँग जोडिएका अन्य क्षेत्रका गरिब तथा सीमान्तकृत विद्यार्थीहरुको शिक्षामा पहुँच समेत बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको