राजबिराज -प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव (विक्की)ले नगरपालिकामा भइरकेको कमिशनतन्त्रलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
डाक्नेश्वरी नगरपालिकाको चौथो नगर सभालाई मंगलवार सम्बोधन गर्दै यादवले नगरपालिकामा भइरहेको विकासीय कामका लागि विनियोजन गरिएको बजेटमा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले २० देखि ४० प्रतिशत सम्म कमिशन लिने गरेको बारे ब्यापक जनगुनासो आइरहेकोले अब कमिशनतन्त्र अन्त्य हुनुपर्ने बताए ।
उनले स्थानीय तहमा भ्रष्टाचार नरोके जनता सडकमा आएर भ्रष्टाचार विरुद्ध लडने बताउँदै स्थानीय सरकार आइसकेपछि भ्रष्टाचार संस्थागत भईरहेको प्रति चिन्ता व्यक्त गरे ।
प्रदेशसभा सदस्य यादवले नगरपालिकामा कमिशन आउने बजेट मात्र छुट्याएको देखेर आफुलाई आश्चर्य लागेको बताए । मधेश आन्दोलनलाई संस्थागत गर्न आफ्नो ज्यानको आहुति दिने प्रति पनि स्थानीय सरकारको बजेट लगानी हुनुपर्नेमा उनले जोड दिदै “मधेश आन्दोलनमा सहादत प्राप्त भएका व्यक्तिहरुका लागि पनि स्थानीय स्तरमा जिविकोपार्जन कार्यक्रम लागु गर्नुपर्छ” उनले भने ।
नगरपालिकाका मेयर शिवनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा राजपाका केन्द्रिय सदस्य बिरेन्द्र साह (क्रान्ति), नेपाली काँग्रेसका नगर अध्यक्ष नारायण यादव, समाजवादी पार्टीका नगर अध्यक्ष बेचु साह, राजपाका नगर अध्यक्ष ओम प्रकाश यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे लगायतकाले आ–आफ्नो मनतव्य व्यक्त गरेका थिए ।
सो नगर सभामा नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को कुल ४७ करोड ३७ लाखको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको