लोकेन्द्र प्रसाद यादव
राजविराज – सप्तरीको बलानको बलाविहुल गाउपालिका वडा नम्बर ६ को एक पोखरीमा डुवेको वालिको पुन : जिवितै फर्केका छन ।
जिल्लाको धर्मिक स्थलको रुपमा चिनिने बरकी पोखरीमा कमलको फुल टिपन गएकी वालिका पानीमा डुवेको थियो ।
बिहिवार साझ ५ बजे घाँस काटन गएकी स्थानिय १४ बर्षिय वालिका मुनचुन कुमारी दास कमलको फुल टिप्न गएपछि पानीमा हराएको थियो संगै गएकी वालिकाहरुले गाउँमा वालिका पानीमा हराएको खवर पुर्याए पछि स्थानिहरु पोखरीको डिलमा वालिकालाई खोज्न आईपुगेको थियो ।
वालिकालाई खोबिन गर्दा फेला नपरेपछि स्थानियहरुले प्रहरीलाई खवर गरेको थियो ।
प्रहरी चौकी रामनगर कोदरकटटीवाट प्रहरी सायहाक निरीक्षक राम विनय सिंहको नेतृत्वमा वालिका खोज्न प्रहरी खटियो ।
पानीमा घण्टौ स्थानिय र प्रहरी मिलेर वालिकालाई खोज्दा समेत फेला परेन । अचान राती १२ः२० बजे पोरीको डिलमै रहेको कदमको रुख मुनी वालिका रुदै गरेको अवस्थामा फेला परेपछि स्थानियहरु चकित बनेका छन । अहिले लकडानका विच पनि सो पोखरीको डिलमा सायौँको संख्यामा भिड जम्मा भएको छ ।
पोखरी डिलमा रहेका ठाकुर बावा मन्दीरमा रहेकी वालिकालाई स्थायहरुले देबीको चमत्कारका कारण वालिका फेला परेको भन्दै भेटी चढाउनेको समेत भिड लागेको छ ।

No description available.
पोखरी र पोखरीको डिलमा रहेको मन्दीरको पुजारी लुचाई दासले यो पोखरीमा अदभुत शक्ति रहेको बताए । उनले यो पोखरीमा नुहाउने व्यक्तिलाई लुतो , चर्मरोग , जस्ता रोगहरु निकोहुन जनविश्वास रहेको बताए ।

No description available.
गाउँपालका वाड नम्बर ६ का अध्यक्ष सुर्य नरायण दासले पूर्वकाल देखीनै यो पोखरी माथि स्थानियहरुको धार्मिक आस्था रहदै आएकोले पोखलाई संरक्षण र पर्यटकिय स्थल बनाउनका लागि संघ र प्रदेश सरकार समक्ष गुहार लाउदै आएको बताए ।
उनले यो पोखरी हाल २२ विघाको क्षेत्रफलमा रहेको र पोखरीको छेउमा धर्म संग जोडिएका ३ वटा पोखरी समेत रहेको बताए । प्रत्येक बैशाखको १ गते पोखरीको डिलमाथि धार्मिक मेला लाग्दैआएको उनले बताए ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको