राजविराज -राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखरकुमार सिंहले सप्तरीका नदीहरुको स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको छ । बर्षेनी बाढीजन्य प्रकोपको कारण जिल्लाबासीले भोग्दै आएको पीडालाई सम्बोधन गराउन उद्देश्यले सुरु गरेको अभियान अन्तर्गत आधा दर्जन भन्दा बढी नदीहरुको स्थलगत अवलोकन निरीक्षण गरेका छन ।No description available.

जिल्लाको सप्तकोशी नगरपालिकामा त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गंगाजली लगायतका दर्जनबढी नदीहरुको कारण बर्षेनी बाढी तथा कटान हुँदै आएको छ । कमजोर तथा कम उचाईको बाँधको कारण त्रियुगा नदीको बाढी सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचही लगायतका पाँचभन्दा बढी वडाका बासिन्दालाई डुबाउने गरेको छ ।

No description available.
सप्तकोशी नगरपालिकाको विभिन्न खोलाको कारण हुँदै आएको समस्यालाई राष्ट्रियसभाको राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य समेत रहेका राष्ट्रिय सभाका सदस्य सिंहसहितको एक टोलीले स्थलगत अवलोकन गरेको हो । सो टोलीलाई सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा गौतम तथा वडाअध्यक्षहरुले नदीहरुको कारण उत्पन्न समस्याहरुको बारेमा जानकारी गराए ।

सो क्रममा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसदमा उठाउँदै आएको र अझ बलियो ढंगले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए । सप्तकोशी नदीको कारण उत्पन्न समस्याको समयमै भारत सरकारबाट सम्बोधन हुनुपर्ने जिकीर गर्दै उनले भारतको कुनौलीदेखि उदयपुरको बेलका नगरपालिकासम्मको कोशीको पश्चिमी तटबन्धलाई मजबुत पार्नुपर्ने आवश्यकतामाथि जोड दिए । यस बिषयमा राष्ट्रिय सरोकार समन्वय समिति र राष्ट्रिय सभामा समेत जोडदार ढंगले आवाज उठाउने विश्वास दिलाए ।

कोशी नदीको कारण सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित बन्दै आएको छ । हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका महुली खोलाको कारण समेत पीडित बन्दै आएको छ । महुली खोलाले कटान गरेको क्षेत्रको समेत राष्ट्रियसभाका सदस्य सिंह तथा पूर्व सभासद सूर्यनाथ प्रसाद यादवसहितको टोलीले अवलोकन गरेको छ ।

सो अवलोकन निरीक्षण टोलीले सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा, कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्र, तिरहुत गाउँपालिकाका अधयक्ष मनोज बहडखेरसँग समेत बाढीजन्य प्रकोप र त्यसबाट हुने गरेको क्षति लगायतको बारेमा छलफल गरे । निरीक्षण टोलीमा पूर्व सभासद सूर्यनाथप्रसाद यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको