अविनाश चौधरी/ धनगढी । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई कैलाली प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका–१४ त्रिपन गाउँका ४२ वर्षीय डबलबहादुर पल्लीमगरलाई १६ वर्षपछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीसहितका व्यक्तिले २०६१ असोज २७ गते देउसी भैलो खेल्ने बेला सोही गाउँका २९ वर्षीय जङ्गबहादुर सिजापतीको हत्या गरेका थिए । धारिलो हतियार प्रहार गरी सिजापतिको हत्या गरेर फरार भएका सबैको प्रहरीले खोजतलास गर्दै आएको छ ।
घटनामा संलग्नमध्येको पल्लीमगरलाई घरमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उहाँले फरार अरुको पनि खोजीकार्य हुँदै आएको बताउनुभयो ।
कैलाली जिल्ला अदालतबाट म्याद थप गरी पल्लीमगरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।–गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको