राजविराज – सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ मा शनिवार दुई सय बालबालिकाहररुलाई कपडा वितरण गरिएको छ ।
विपन्न परिवारका बालबालिकालाई नियमित विद्यालय जान प्रोत्साहन रुवरुप एक समाजसेवीले रु दुईलाख निजि खर्चमा कपडा वितरण गरेको हो।
रुपनी गाउँपालिका ६ बिरेन्द्र बजार निवासी रंजित भगतले सोही गाउँपालिका १ स्थित रायपुरका गरिब, असाहय, विपन्न र दलित परिवारका दुई सय बालबालिकालाई २ सय सेट कपडा वितरण गरेका हुन् ।
एक वर्षदेखी १० वर्ष उमेर समूहका बालबालिकाहरुलाई न्यानो भेष्ट र हाफ पाइन्ट वितरण गरिएको समाजसेवी भगतले बताए ।
विभिन्न समयमा समाजिक कार्यमा सहयोग गर्दै आएका भगतले निजि खर्चमा गरिब, असहाय परिवारका बालबालिकालाई सहयोग गरेपछि उनीहरुलाई विद्यालय जान प्रोत्साहन मिलेको भगतको बुझाई छ
‘छोरा छोरीलाई शिक्षा दिने रहर हुँदा हुँदै आर्थिक अभावका कारण रहर पुरा गर्न नसकेका गरिब असाहय परिवारका अभिभावकलाई थोरै भए पनि सहयोग पुर्याउने प्रयास गरेका छौं’ भगतले भने ।
३८ वर्षिय भगत एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल सप्तरीका उपाध्यक्ष समेत हुन् । यस अघि भगतले रुपनी गाउँपालिकाको विभिन्न विद्यालय तथा विपन्न बस्तीमै पुगेर झण्डै १ हजार बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्रि आफ्नो व्यक्तिगत खर्चमै वितरण गरिसकेका छन् ।
चार दिनअघि उनले विपन्न बस्तीका ४ एकल महिला, २ अपाङता भएका पुरुष र ३ ज्येष्ठ नागरिकको घरमै पुगि लत्ताकपडा र खाद्यान्न बितरण गरेको स्थानीय समाजसेवी दुर्गानन्द ठाकुरले जानकारी दिए ।