
ललिता साह
राजबिराज । बेमौसमी वर्षाका कारण आएको बाढीले बालुवा ल्याएर खेत पुरेपछि किसानहरुले लगाउने वाली नै परिवर्तण भएको थियो । यो घटना तीन बर्ष अगाडि सप्तरीको हनुमाननगर कंकालिनी नगपालिकामा बसोबास गर्ने किसान संग भएको थियो ।
हनुमाननगर कंकालिनी नगपालिका -३का किसान रामकिसुन मेहताका अनुसार : मेरो दुई विधा खेतमा चार दशक लामो समयदेखि धान, गहुँ,दाल बाहेक नगदेबालीको रुपमा सनपाट उब्जाउँदै आएको थिए । तीन वर्ष अधि आएको बाढीले खेतमा तीन फिट वालुवा पुरिदियो । त्यही खेतमा अब छिटै हुने कतरनी जातको धान, मकै लगाउनु परेको छ ।
त्यो प्रकोपकै कारण सनपाट सप्रिन छोडेपछि यो भेगको विगहौ – विगहा जग्गामा हुदै आएको सनपाटको खेती गर्न हामीले छोडेको रामकिसुनले सुनाए । सनपाट उब्जाउन छोडेपछि सन्ठी (सनपाट निकालिसकेपछिको सुकेको बोट) नपाएर हामी गुइठा बनाउन पाएका छैन । गाईवस्तु बाँध्ने डोरी पहिला आफै बनाउथे तर अब बजारबाट किनेर ल्याउनु परेको तिलाठी कोइलाडी -७कि, आशा यादवले भनिन ।
तिलाठी कोइलाडी – ५का रामविलास पंडित
भनन्छन – जग्गा भएर पनि उब्जिएको अन्न नष्ट भएपछि दुई वर्ष अभावमा बाँच्नु परेको थियो ।
उनिहरु भन्छन् ,खेत बनाउन लाखौं खर्चिनु परेको छ तर पहिला जस्तो वाली उत्पादन छैन । खेत विग्रेका कारण अर्कै अर्कै वाली लगउनु परेको छ ।
प्राकृतिक प्रकोपलाई छल्न पनि बाली चयनमा ध्यान दिनुपर्छ भन्ने मौसम अनुकूलन अनुसार छोटो अवधिमा हुने वाली लगाउन किसान जागरूक भयो भन्ने यस्ता जलवायु जन्य प्रकोपबाट खेतीलाई जोगाएर समयमै उब्जनी लिन सकिने वाली विज्ञान विज्ञ डक्टर देवनाथ यादव बताउछन् ।