राजविराज । सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ मोहनपुर बस्ने स्थानीय ६६ वर्षिय यज्ञश्वर निरौलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै बारीमा मकै रुङ्न बसेका उनलाई आइतबार राति ११ बजे हात्तीले आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतक निरौलाको शव आवश्यक प्रक्रिया पूरा गरि पोष्टमार्टमको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको