राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा व्यापक भ्रष्टाचार भईरहेको छ । मेयर रामलखन मलाह र शाखा प्रमूखहरुको मिलोमतोमा भ्रष्टाचार भईरहेको तथ्य फेला परेको छ ।

सामाग्री खरिदमा करिव ३० प्रतिशत कमिसन लिदै आएको शाखा प्रमूखहरु मध्ये प्रशासन शाखा प्रमूख रमेश प्रसाद साहको अडियो किलिप फेला परेको छ । विउ विजन खरिद गरेका एक व्यक्तिले प्रशासन प्रमूख संगको टेलिफोन सम्वादमा भुक्तानि गाराउन दिएको कमिसन वापतको पैसा फिर्ता मागेको छ ।
उनले पनि तपाईले दिएको पैसा फिर्ता हुन्छ भनेको छ । उन्नत जातको गहूको विउ र विउ विजन खरिद गर्ने व्यक्तिले पनि मेयरको सहयोगी सकलदेब मंडल संग आफु पैसा प्राप्त गरेको बताएका छन ।
उन्नत जातको गहूको विउ र विउ विजन खरिद गर्ने व्यक्तिले ४ लाख भुक्तानिका लागि करिव ३० हजार रुपैयाँ नगरपालिका प्रशासन प्रमूख रमेश प्रसाद साहलाई अग्रिम कमिसन दिएको दावि गरेको छ ।
तर उनले भुक्तानिका लागि ४ लाखको २० प्रतिशत मागेपछि आफ्नो कुरा नमिलेको बताएको छ । गहु र विउ विजन खरिद गर्ने व्यक्तिले दिएको ३० हजार सर्त अनुसारको पैसा नभएको कारण फिर्ता गरेको उनको दावि छ । अन्नपुर्णा एग्रोभेट सप्लायर्स डाक्नेश्वरी–७ ले वडा नम्बर ९ को लागि विउ विजन र वडा नम्बर १० का लागि उन्नत जातको गहूको विउ २०८१\८२ मा खरिद गरेको थियो । जस्को भुक्तानि कमिसनकै कारण हाल सम्म पनि भएको देखिदैन ।प्रमूख प्रशासकीय अधिकृत विजय कुमार मंडलले अडियो किलिप सम्बन्धी आफुलाई  कुनै जानकारी नरहेको बताए । उनले कुनै पनि कर्मचारीलाई भुक्तनिको सवालमा लेनदेन गर्ने छुट नरहेको बताए । यद्यपी यसलेनदेनमा उनको पनि संग्लनता रहेको स्रोतको दावि छ ।
नगरपालिकामा मेयर र कर्मचारहीको मिलोमतोमा भईरहेको अनियमितता बारे सरोकावाल निकायहरुले ध्यनदिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
4
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको