सर्लाही । सर्लाहीमा जंगली बँदेलको आक्रमणमा परि एक जनाको ज्यान गएको छ।

सर्लाही लालबन्दी नगरपालिका १५ पिडखोल्सी निवासी ३२ वर्षीय प्रेम बहादुर थिङ (दावा) को जंगली बँदेलको आक्रमणमा परि ज्यान गएको हो ।

मकै बारीमा क्षति पुर्‍याउँदै आएको बँदेललाई पछ्याउँदै जाँदा एक्कासि आक्रमण हुँदा उनी गम्भीर घाइते भएका थिए।

बँदेलको आक्रमणमा परि गम्भीर घाइते भएका थिङको उपचारका लागी लालबन्दी तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलङगवामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको