काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षमन्त्री सस्मित पोखरेलले जानकारी दिएक छन् ।
सशस्त्र प्रहरीको मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् । हालका आईजीपी राजु अर्याल कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् । उनी अवकाशमा जाने भएपछि सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो ।







