राजविराज । सप्तरीमा सशस्त्र प्रहरीका हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ ।
मृतक यादव जिल्लाको बोदेबर्साईन नगरपालिका–५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत रहेका थिए ।
मृतक यादवको घर मधेश प्रदेशको बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा हुन् ।
यादव राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल उपचारका लागि पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए ।
मृतक यादव उच्चरक्तचापको समस्या रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको