काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले बोलाएको भेलामा पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भइरहेको छ ।
धुम्बाराहीमा जारी उक्त छलफल खड्काको ब्रिफिङपछि अहिले नेताहरूले धारणा राख्ने क्रम जारी छ।
संयुक्त छलफलमा फागुन २१ म सम्पन्न निर्वाचनको समीक्षा, पराजयका कारणको खोजी तथा आगामी महाधिवेशनको तयारीबारे छलफल भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
उनले भने- ‘हामीले सर्वोच्च अदालतको निर्णय मान्छौँ। हाम्रो मुल उदेश्य पार्टीमा एकता कायम गर्ने हो। विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरुलाई एउटै महाधिवेशन १५औँ महाधिवेशनमा लैजाने हो। त्यो गर्नका लागि नमिल्ने कुरा हटाउने हो मिल्ने कुरालाई सहमति गरेर लैजाने हो।’
निर्वाचन आयोग र अदालतले गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिइसकेपछि बाँकी नेताहरूलाई पार्टी एकताका लागि कसरी सक्रिय बनाउने भन्ने विषयमा सभापतिले नै पहल गर्नुपर्छ भन्ने कुरा उठेको उनले बताए।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला सभापति र प्रदेश सभापतिहरू सहभागी छन् ।







