काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा गोल्छा पनि तानिएका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक प्रतिवेदनमा गोल्छाको नाम आएपछि अनुसन्धानका लागि गोल्छालाई बैशाख १० सीआईबीले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि गोल्छाकी पत्नी सीमा गोल्छाले गैर कानुनी रुपमा थुनामा राखिएको भन्दै सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

उक्त रिटमा मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न र गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतले गोल्छालाई ४ दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

उक्त म्याद सकिएपछि गोल्छालाई सोमबार मात्रै थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको