काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको बैठक सुरु भएको छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक महाराजगञ्जस्थित स्मार्ट होटलमा बसिरहेको हो ।
बैठक काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको छ ।
उक्त भेलामा पूर्वमहामन्त्री डा शशाङ्क कोइराला, सुजाता कोइराला, पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् ।
भेलामा डा. शेखर कोइराला समूह भने सहभागी छैन ।
डा. कोइरालाले भेला गर्नुस्, आफ्नो विचार के हो त्यसबारे धारणा बनाउनुस् तर, हामी आउँदैनौँ भनेर खड्कालाई भनेको उनी निकट एक नेताले बताए ।
बैठकमा पार्टीमा आफ्नो समूहको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ ।







