काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
आङ्देम्बे सर्वसम्मत दलको नेता चयन भएपछि खड्कालाई भेट्न सोमबार बेलुकी ५ बजे गल्फुटारस्थित निवास पुगेका थिए।
भेटका क्रममा खड्काले संसद्मा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
खड्काले अहिलेको संसद्मा नेपाली कांग्रेस दोस्रो ठूलो दल भएकाले आङ्देम्बेको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए । उनले संसद्को समग्र प्रक्रियामा सशक्त भूमिका निभाउन आग्रह गरे ।
साथै शुभकामना दिँदै खड्काले आङ्देम्बेको कार्यकाल सफल होस् भन्ने कामना समेत गरेका छन्।
आङ्देम्बे सोमबार सर्वसम्मत काँग्रेस संसदीय दलको नेता चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको