राजविराज । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको परिपत्र अवज्ञा गर्न नेपाल पत्रकार महासंघ सप्तरीले तीन तहकै सरकारलाई अनुरोध गरेको छ ।
सरकारको उक्त निर्णय फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघको सरकार विरुद्ध देशव्यापी अभियान अन्तर्गत मंगलबार स्थानीय सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो आह्वान गरेको हो ।
सरकार विरुद्धको देशव्यापी अभियान अन्तर्गत जिल्ला समन्वय समितिमार्फत सप्तरीका १८ वटै स्थानीय तहलाई ज्ञापनपत्र बुझाउँदै महासंघले केन्द्र सरकारको निर्णय अवज्ञा गर्न जोडदार माग गरेको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव नेतृत्वमा पुगेको सप्तरीका पत्रकारहरुले जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलाई ज्ञापनपत्र बुझाउँदै सप्तरीका १८ वटै स्थानीय तहलाई स्थानीय स्तरबाट प्रकाशित मिडियाहरुलाई मात्र विज्ञापन दिन आग्रह गरिएको छ ।
नेपाल सरकारले सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न २०८२ चैत १८ गते सबैतिर गरेको परिपत्र मान्य नभएको महासंघले स्थानीय सरकारलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । संघीय सरकारको यस्तो परिपत्रले अहोरात्र खटिने संचारकर्मीहरु पीडामा परेको बताइएको ज्ञापनपत्रमा पत्रकारिता गर्दा विज्ञापन भरमा बाँच्ने पत्रकारहरुलाई आर्थिक नाकाबन्दी गर्ने हिसाबले संघीय सरकारले यस्तो परिपत्र गर्दा सम्पूर्ण पत्रकार जगत स्तब्ध भएको र यसले प्रेस स्वतन्त्रको ठाडो उल्लंघन गरेको ज्ञापनपत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको