काठमाडौं ।  भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्। सरकारी स्रोतका अनुसार आगामी साताका लागि भ्रमणको तयारी भइरहेको छ।

नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको सैन्य परम्पराअनुसार भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गरिने कार्यक्रम रहनेछ।

दुवै देशका प्रधानसेनापति नियुक्तिपछि एकअर्काको देश भ्रमण गर्ने र मानार्थ उपाधि आदान–प्रदान गर्ने परम्परा करिब ७५ वर्षदेखि कायम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको