काठमाण्डौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरवलोहन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ।
प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यसअघिको फैसला पुनरवलोकन गर्न अनुमति हुने आदेश दिएको हो।
पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए।
यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो । त्यसका विरुद्ध पूर्वसभापति देउवा र पूर्वकार्यवाहक सभापति खड्काले पुनरावलोकनका लागि निवेदन दिएका थिए।







