राजविराज। सिराहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ।

शुक्रबार साँझ मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच भएको सहमतिअनुसार यादवको परिवारका लागि दुई कोठे घर, भान्सा (किचन) र शौचालयसहितको आवास निर्माण गरिने भएको हो।

सहमतिअनुसार उक्त घर प्रदेश सरकारद्वारा सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत निर्माण गरिनेछ।

मन्त्री सिंहले मृतक यादवको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मूल्याङ्कनपछि प्रदेश सरकारले मानवीय आधारमा आवास निर्माण गर्ने निर्णय गरेको बताए। उनले सहमतिअनुसार प्रक्रिया तत्काल अघि बढाइने पनि जानकारी दिए।

यादवको मृत्यु गत साउन १४ गते सुनसरीको देवानगन्ज घटनाको विरोधमा सिराहाको गोलबजारमा आयोजित प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर भएको थियो।

प्रदेश सरकारको यो निर्णयसँगै मृतक परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको