राजविराज । पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ।
उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन्।पक्राउका लागि पर्याप्त आधार नभएको भन्दै श्रेष्ठलाई थुनामुक्त गर्न माग गरिएको छ। रिट निवेदनको सुनुवाइका लागि भोलि ९शुक्रबार० लाई पेसी तोकिएको छ।
जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई बिहीबारनै काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा पक्राउ गरिएको हो।







