सप्तरी । सप्तरीको कोशी ब्यारेजबाट सप्तकोशी नदीमा हाम फालेका दुई भारतीय नागरिकको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेका अनुसार बुधबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज पुलको ४३ नम्बर ढोकाको दक्षिणतर्फबाट दुई जना नदीमा हाम फालेका थिए।

उनीहरू नदीमा हाम फालेको देखेपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका दुवै जना भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको नदीथाना क्षेत्रस्थित बरहडा ग्राम पञ्चायतको लालमनिया टोलका बासिन्दा रहेको डीएसपी घिमिरेले जानकारी दिए।

उद्धारपछि आवश्यक प्रक्रिया तथा व्यवस्थापनका लागि दुवै जनालाई सशस्त्र सीमा बल (एसएसबी) को ४५औँ बटालियनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

नदीमा हाम फाल्नुको कारणबारे भने प्रहरीले केही खुलाएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको