मनिला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार फिलिपिन्समा भेटवार्ता भएको छ । दुवै नेता राजधानी मनिलामा आयोजित ुक्वाडु बैठकमा सहभागी भएका हुन् ।

सो क्रममा ट्रम्पले मोदीको प्रशंसा गर्दै मोदीलाई ुबलियो व्यक्तिु भनेर सम्बोधन गरे । ुक्वाडु बैठकमा प्रधानमन्त्री मोदी, डोनाल्ड ट्रम्प, जापानका प्रधानमन्त्री सनाए ताकाइची र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज सहभागी भएका हुन् ।

बैठकका क्रममा ट्रम्पले इरानबारे टिप्पणी गर्दै इरानलाई ुपागल देशु भनेका छन् । उनले भने कि यही कारणले गर्दा इरानलाई आणविक हतियार प्राप्त गर्न अनुमति दिन सकिँदैन।

प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२७ मा मुम्बईमा पहिलो ुक्वाड बिजनेस लिडर्स फोरमु आयोजना हुने घोषणा गरेका छन्। यस फोरममा भारत, अमेरिका, जापान र अष्ट्रेलियाका व्यावसायिक नेताहरू, सरकारी अधिकारीहरू र विज्ञहरू एकै ठाउँमा भेला हुनेछन्।

यसको उद्देश्य यी चार राष्ट्रहरूबीच व्यापार र वाणिज्यलाई प्रवर्द्धन गर्नु हो।

क्वाड राष्ट्रहरूका नेताहरूसँगको बैठकमा मोदीले मनिला र क्वाडबीचको सम्बन्ध लामो समयदेखि रहँदै आएको र विशेष रहेको बताए ।

उनले सन् २००७ मा चारवटै देशका अधिकारीहरू पहिलो पटक यहीँ भेला भएको उल्लेख गरे । त्यसको १० वर्षपछि सन् २०१७ मा यही सहरमा संवाद पुनः सुरु भएको थियो। आज, यस ऐतिहासिक सहरमा पुनः एकपटक क्वाडको बैठक आयोजना हुनु हाम्रा लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको मोदीले बताए ।

उनले थपे, ुगत वर्षको जनवरीयता हाम्रा विदेश मन्त्रीहरू पाँच पटक भेटिसक्नुभएको छ। यसले हाम्रो बलियो राजनीतिक इच्छाशक्ति र क्वाड संरचनाभित्र मिलेर काम गर्ने साझा प्रतिबद्धतालाई झल्काउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको