काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुबीकुमारी ठाकुरलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समर्थन गर्ने भएको छ।
बिहीबार उपसभामुखमा उम्मेदवारी दिएकी २५ वर्षीया रूवीलाई नेकपाले पनि समर्थन गर्ने नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
बिहीबार भएको उपसभामुखको उम्मेदवारमा श्रम संस्कृतिबाट रुवीकुमारी उम्मेदवार बनेकी छन् ।
श्रम संस्कृतिको उम्मेदवार रुबीकुमारलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने जनाएको छ ।
यसैगरी रुबीकुमारीको पक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि यसअघि नै समर्थन गर्ने जनाइसकेको छ ।
यता उपसभाखुमका लागि राप्रपाले पनि उम्मेदवारी दर्ता गराएको छ।
राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। उपसभामुखका लागि शुक्रबार निर्वाचन हुँदैछ।







