राजविराज । सप्तरीको डाकनेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मंडलले एक करोड रुपैयाँ भन्दा गैरकानुनी भुक्तानी गरेको आरोप लागेको छ। दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत सरुवा भई आउन लागे पछि कमिसनका लागि हतारहतारमा भुक्तानी गरेको नगरपालिकाको एक कर्मचारीले बताए ।
नगरपालिकाको लेखापाल राचन्द्र पैकराले भुक्तानि भएको स्वीकार गरेको छ ।
स्रोतका अनुसार, शिक्षा मन्त्रालयमा दरबन्दी रहेको विजय कुमार मंडलले मोटो रकमको चलखेल गर्दै पटक-पटक डाकनेश्वरी नगरपालिकामा सरुवा भएर आउने गरेका छन्। गत आर्थिक वर्षमा आएपछि उनले तीन महिनासम्म यहाँ कार्यरत रहनु भएको थियो। नगरपालिकाका कर्मचारीका अनुसार, उनले मेयर रामलखन मलाहको सेटिङ्गमा दैनिक एक लाख रुपैयाँको दरले अनियमिता गरिरहेका थिए। यो घटनाले स्थानीय शासन र प्रशासनको छवि माथि गम्भीर प्रश्न उठाइएको छ। मंडल असोजमा पुनः डाक्नेश्वरी नगरपालिका सरुवा गराएर आएको थियो । नयाँ सरकार गठन भएपछि दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत उपसचिव आउन लागेपछि उनले एक पटक फेरि उपसिवको सरुवा रोक्ने प्रयास गरेका थिए ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मंडलसँग प्रतिक्रिया लिन खोज्दा उनले सम्पर्कमा आउन चाहेनन्।

स्थानीय विकासका लागि यसको गम्भीर असर पर्न सक्ने भन्दै नागरिक समाजका अगुवाहरूले यस घटनाप्रति चासो व्यक्त गरेका छन्। “नगरपालिकामा भइरहेको यस्ता अनियमितताले स्थानीय विकासको प्रक्रियामा ठूलो बाधा पु¥याइरहेको छ,” एक नागरिक समाजका प्रतिनिधि भने।

यो घटनाले सरकार र प्रशासनमा भ्रष्टाचारको समसामयिक विषयमा बहसलाई पुनः चासोको केन्द्रमा ल्याएको छ। अवैध भुक्तानी र भ्रष्टाचारका घटनाहरू रोक्नका लागि प्रभावकारी मापदण्ड र निगरानीको आवश्यकता रहेको कुरामा धेरैजसो सहमत छन्।
डाकनेश्वरी नगरपालिकामा भएका यस्ता भुक्तानीका घटनाहरूले न केवल प्रशासनिक व्यवस्था वरिपरीको विश्वासलाई कमजोर बनाएको छ, तर स्थानीय विकासका योजनाहरूमा पनि ठुलो असर पार्ने गर्दछ। यस अवस्थामा, यो आवश्यक छ कि सम्बन्धित निकायहरूले छानबिन गरिरहेको छ र यस्ता घटनाहरूको रोकथामका लागि सशक्त कदम चाल्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको