
राजविराज, । विगतमा रहेको स्वतत्र मधेशी मोर्चा मधेशी मोर्चा सप्तरीमा परिवर्तित हुँदै शनिबार राजविराजमा यसको पुर्नगठन भएको छ ।
झापा देखि कंचनपुर सम्मको मधेश भुखण्डलाई एउटै प्रदेश बनाउन र संविधानमा मधेशको अधिकारलाई सुनिश्चित गराउँन सुब्बी यादवको संयोजकत्वमा पुर्नगठन गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पुर्नगठित समितिको सचिवमा प्रभाकर सिंह रहेका छन् भने सचिवालय सदस्यहरुमा उमेश साह,(कमाण्डो), हेम शंकर सिंह, राम दत्त साह, राम गमन साह, सावित्रिी पण्डित, जय प्रकाश यादव (जेपी), तुफान मधेशी, भोला मुखिया, खेलानन्द साह, मो. कमाल, मुक्तिनाथ यादव, सुरेन्द्र कुमार साह, जय सुन्दर खिडहरी यादव, सिहेश्वर साह, विशेश्वर चौधरी शैले र हटी मण्डल रहेका छन् भने प्रवक्तामा भगवती प्रसाद यादव रहेका छन् ।
यसैगरी उक्त पुर्नगठित समितिको बरिष्ठ सल्लाहकारहरुमा जय प्रकाश प्रसाद गुप्ता (जेपी), विकाश तिवारी, अनिश अन्सारी, बलराम यादव, महेश यादव, दशरथ यादव, रहेको संयोजक एवं प्रवक्ता यादवद्वय हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।