पंकज झा
राजविराज–सप्तरी प्रहरीले राजविराज–कुनौली सड़क अन्तर्गत पर्ने बेल्ही भन्सारमा चार लाख भारतीय मुद्रा सहित एक भारतीय नागरिकलाई आईतवार पक्राउ गरेको छ ।
भारतको कुनौली हुँदै नेपाल आउने क्रममा तिलाठी प्रहरी चौकीबाट खटिएका टोलीले चेकजाँच गर्दा उनको साथबाट सो रकम बरावद भएको हो ।
भारतको उत्तरप्रदेश स्थित दिल्ली नजिकै मेरठ निवासी रजनीस कुमार लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost