सप्तरी फत्तेपु । सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा रहेको रक्तमाला नमूना सामूदायिक बन उपभोक्ता समूहको अध्यक्षमा गुणराज कोइराला सर्वसम्मतिले निर्वाचित भएका छन ।
१७ औं साधारण सभाले गुणराज कोइरालालाई सर्वसम्मतीले निर्वाचित गरेको हो। सहमति अघि अध्यक्षको पदमा महेन्द्र खड्का र राजकुमार चौधरीले उम्मेदवारी दिएका थिए। बिहिबार राती सम्पन्न साधारण सभाले पुरानो कार्य समितिलाई निलम्बित गरेपछि रिक्त कार्यसमितिका लागि अध्यक्षका उम्मेद्वारहरुलाई सहमति गर्ने समय दिएको थियो।
निर्धारित समयमा सहमति जुट्न नसकेपछि समय थप गरिएको थियो। सहमतिको लागि दिइएको थप समयमा अध्यक्षका प्रत्यासीहरुलाई उपभोक्ताका सामु आ–आफ्ना भावि योजनाबारे बोल्न दिने निर्णय गरिएको थियो। अध्यक्ष पदका प्रतिष्पर्धीहरुको उपयुक्त कार्ययोजनाका आधारमा पुनः छलफल गरि निर्वाचती गर्ने निर्णय भएको थियो। आरुना योजना प्रस्तुत गर्दै अध्यक्षका उम्मेद्वार गुणराज कोइरालाले बन समितिको खस्कदो अवस्था देखेर आवश्यक सुधारका लागि सहयोगी निकाय सूग समन्वय गरि बनलाइ हराभरा बनाउने बताए।
उपभोक्ताहरुका समस्या आफुले नजिकबाट अनुभूति गरेको भन्दै कोइरालाले परिस्कृत रुपमा सुधारका कार्ययोजना सहित उम्मेदवारी दिएको बताए।
यस्तै अर्का अध्यक्षका प्रत्यासी महेन्द्र खड्काले एकै शब्दमा आफ्नो योजना प्रस्तुत गर्दै बनलाइ जोगाइ भूक्षय रोक्ने बताए। यसैगरि अध्यक्षका अर्का दावेदार तथा यस अघिको कार्य समितिका उपाध्यक्ष समेत रहेका राजकुमार चौधरीले भने “म स्थापनाकाल देखि कर्मचारीको रुपमा यस सामूदायिक बनमा कार्यरत छु, मेरो बारेमा सबैलाइ थाहा छ।
त्यसैले अध्यक्षमा मेरो अडान कायमै रहन्छ” तर उपभोक्ता र अध्यक्ष पदका प्रतिष्पर्धीहरुबीच सहमतिका लागि भएको अन्तिम छलफलमा अध्यक्षका दुवै उम्मेद्वारले नयाू कार्यसमितिको अध्यक्षमा गुणाराज कोइरालाई निर्वाचित गर्ने सहमति जनाए। विजयी कोइरालाको प्यानलबाट उपाध्यक्षमा सिता देवी शाह, कोषाध्यक्षमा पूर्णिमा राई, सचिवमा पदम विष्ट निर्वाचित भए। सह–सचिवको एक मात्र उम्मेद्वार वोधराज कोइराला सर्वसम्मतिले चयन भएका थिए।
यस्तै सदस्यहरुमा रमणलाल कर्ण, दिल कुमारी चौधरी, भिम माया दर्जि, निर बहाुदर थापा, काजी थापा, गिता भूजेल, रवी गूप्ता, प्रेम लोप्चन लगायतका उम्मेद्वार विजयी भएका हुन। कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष तुलाराम लुइटेलले आफ्नो कार्यकाल पिडादायी रहेको र खस्कदो अवस्थामा रहेको समितिलाई अघि बढाउनु चुनौतीपूर्ण रहेको बताए। लाखौंको नोक्सानी बेहोरिरहेको सामूदायिक बन बिगत १० महिना देखि कर्मचारीलाई तलब वितरण गर्न असमर्थ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको