आशुतोष आनन्द सिंह
राजविराज । प्रमुख जिल्ला अधिकारी.तथा नगर प्रमुख र सरोकारवालाको बैठकबाट निर्णय गरिएको राजविराजलाई सफा सुन्दर तथा छाडा पशु चौपाया नियन्त्रण गर्ने निर्णय बैठकमा प्रयोग गरिएको माइन्युट बुकमा मात्रै सिमित रहन गएको छ ।
यस वर्ष नगरपालिकाको गजेन्द्र चौकमा नयाँ ग्रिल तथा पेन्ट गरिए तापनि ढल निकास को नालामा पानी जम्ने समस्या कायम नै रहेको छ । चौकको चारैतिर रहेको बाटोमा पनि खाल्डा खुल्डी परेको छ ।
छाडा पशुचोपाया तथा विगे्रको सडकका कारण आवत जावतमा समस्या हुने र सडक दुर्घटना हुन सक्ने समभावना बढदै गएकोमा नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न त परै जाओस राजविराजको मुटु गजेन्द्र चौकमा मृत्यु भएको चौपायालाई २४ घण्टा वित्न लाग्दा समेत त्यहाँबाट हटाउन सकेको छैन ।
बजार गर्न आएकी नेहा सिंहले चौपाया मृत्यु भएपछि त्यस बाटोबाट हिडडुल गर्न समेत समस्या भएको बताउछिन् । उक्त मृत चौपाया हालसम्म नगरपालिकाले ठेगान लगाउन नसक्दा सो क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीहरु पसलमा नाक छोपेर बस्नु परेको गुनासो सुनाउछन् ।
नगरपालिका कार्यालय सँग पर्याप्त जनशक्ति तथा उपकरण रहेपनि यसरी राजविराजको मुख्य सडकमै रहेको मृत चौपायाको उचित व्यवस्थापन गर्न नसक्नु नगरपालिकाको लापरबाही पुर्ण रबैयाको नमूना रहेको बुद्धिजिविहरु बताउँछन् ।
सो सम्बन्धमा नगरपालिका कार्यालयका निमित्त प्रमुख इन्जिनियर हरिनारायण राम रौनियार सित पटक पटक सम्पर्क गर्न खोजेतापनि उनी सित सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको