राजविराज । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बिहीबार विद्युत चोरी गरी उपभोग गर्ने नौ जनालाई पक्राउ गरेको छ ।
नेपाल विद्युत प्राधीकरण शाखा राजविराज तथा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटि गएको संयुक्त टोलीले गाविस छिन्नमस्ताबाट बिरेन्द्र झा, मोहमद रोजी, मो. रसिद, सरोज कुमार यादव लाई नियन्त्रणमा लिएको छ भने सोही टोलीले हुकिङ्ग प्रयोग गरी विद्युत उपभोग गर्ने गाविस लालापट्टीबाट राम सुन्दर यादव, सनल यादव र सन्तोष सदालाई समेत पक्राउ गरेको छ ।
चोकजाँच गर्ने क्रममा उक्त टोलीले गाविसस हाटी–१बाट रामदेव यादवलाई विूद्यत चोरी उपभोग गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
पक्राउ परेका नौ जनामाथि नेपाल विद्युत प्राधिकरण शाखा राजविराजबाट विद्युत चोरी ऐन अन्तर्गत कारवाही गर्ने प्रक्रिया थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको