राजविराज । बालक अपहरण गरी हत्या गर्ने आरोपमा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको छ ।
गाविस हरीपुर–३का २७ वर्षिय चुडामणि ठाकुर, सोही गाविस वडा नं. १ बस्ने रामबाबु गुप्ता साह र गाविस देउरी–२का कपिलदेव दासलाई प्रहरीले गाविस हरिपुर–३ बस्ने राम गोबिन्द साहको ८ वर्षिय छोरा दुर्गानन्द साहको अपहरण तथा हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बालक साह घर अगाडि बाटोका खेलिरहेको अवस्थामा मंसिर ११ गते हराएको उजुरीको आधारमा छानविन गर्दा मोबाईलको म्यासेज मार्फत फिरौती माग्ने मोबाईल नम्बरबाटै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बताए ।
बालक साहको आमा ममता देवी साहको मोबाईलमा ९८१६७१११६१ नम्बरको मोबाईलबाट बालक अपहरणमा परेको र फिरौती स्वरुप ५ लाख रकम माँग गरिएको म्यासेजको आधारमा मोबाईल प्रयोगकर्ता र अपहरणकारीको सुक्ष्म पहिचान र खोज तलास गर्ने क्रममा मोबाईल आरोपी ठाकुरले प्रयोग गर्ने गरेको खुल्न आएको प्रहरीको दावी रहेको छ ।
फिरौती रकम माग गरेपनि अपहरणकारीले बालक साहको अपहरण गरेकै दिन हत्या गरी छिमेकी पनेलाल साहको टवाइलेटको हव भित्र फालेको तथा लाश समेत सडिगलिसकेको अवस्थामा फेला परेको प्रहरीको कथन रहेको छ ।
प्रहरीले दासले साहलाई अभिलेख नराखी मोबाईल सिम दिई अपराधिक कार्यमा सहयोग पु¥याएको देखिन आएको हुँदा नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी दान बहादुर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको