स्व.वि.यु. निर्वाचन सँग सम्वन्धी धारणा र दृष्टिकोण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटिले विहिवार एक प्रेस विज्ञप्ति जारि गर्दै सर्वाजनिक गरेको छ ।
२०६५ साल चैत्र ६ गते पश्चात विगत ८ आठ वर्ष देखि त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयका सम्पूर्ण क्याम्पसमा स्व.वि.यु. निर्वाचन हुन नसकेको अवस्थालाई इङ्गित गर्दै त्रिभुवन विश्वविद्यालयले कहिले प्रणलीको नाममा त कहिले उमेर हदका नाममा असहमतिको सुगा रटाइ गर्दै निर्वाचन टार्दै आएको आरोप लगाइएको छ । त्रि.वि.ले बुधवार सिनेट बैठकमा मिश्रीत निर्वाचन प्रणाली, उम्मेदवार वन्न २८ वर्ष उमेर हद सहित निर्वाचन आचारसंहिता पारित गरेको निर्णयलाई अनेरास्ववियु ले स्वागत गरेको छ । विगतमा स्व.वि.यु. निर्वाचनको मिति घोषना भए तापनि विद्यार्थी संगठनहरु विच देखिएको आपसि मत भेदका कारण स्व.वि.यु. निर्वाचन पटक पटक सारिएको कारण दरर्साउँदै अवको निर्वाचनमा आफ्नो पक्षको हित हुन्छ कि हुदैन भने त्रासबाट अभिप्रेरित भई निर्वाचन को वातावरणमा असहजता निर्माण नगर्न आग्रह गरिएको छ । स्व.वि.यु. को गरिमा भुमिका र महत्व तथा स्व.वि.यु. निर्वाचन सम्पन्न गराउन अनेरास्ववियु जस्तो सुकै परिस्थितकिो अगुवाई गर्न तयार रहेको जारि प्रेस विज्ञप्तिमा भनिएको छ ।
स्व.वि.यु. निर्वाचन मार्फत देशमा लामो समय देखि अवरुद्ध रहेको निर्वाचनको ढोका खुल्ने तथा लोकतान्त्रिक मान्यताले जिवन्तता पाउने भएकोले स्व.वि.यु. निर्वाचनलाई प्रमुख कार्य भारको रुपमा ग्रहण गरि निर्वाचनमा सहयोग पु¥याउन नेपाल सरकारसँग माँग गरिएको छ । विगतका स्व.वि.यु. निर्वाचनमा अत्याधिक खर्च भएको भन्दै निर्वाचनमा खर्च सिमा निर्धारण गर्न र सोहि बमोजिम उम्मेदवारले खर्च नगर्दा उम्मेदवारी खारेज गर्न विश्वविद्यालयहरुसँग माँग गरिएको छ । साथै फल्गुण १४ गते निर्वाचन हुन्न धेरै समय बाँकी नरहेको हुँदा एक हप्ता भित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न त्रि.वि.सँग माग गरेको छ ।
पौष ८ गते काठमान्डौँ विश्वविद्यालय अन्तर्गत भएको सि.आर. निर्वाचनमा आफ्नो पक्षमा कमजोर परिणाम आए पश्चात केहि विद्यार्थी संगठनहरुले निर्वाचित सि.आर. हरु विच वाटै कार्यसमिति निर्वाचित हुने विधिलाई अवरोध पु¥याएको प्रति सचेत गराउँदै क्याम्पस प्रशासनलाई तत्काल कार्य समिति चयन गराउन माग गरेको छ । स्व.वि.यु. लाई कमजोर वनाउने मनशायले त्रि.वि.का क्याम्पसहरुमा खोलिएको विद्यार्थी कल्याण शाखालाई अविलम्ब बन्द गरि विद्यार्थी सँग सम्वन्धित सम्पूर्ण गितिविधिलाई स्व.वि.यु. मार्फत संचालन गराउन अनेरास्ववियु केन्द्रीय कमिटिका अध्यक्ष नविना लामाद्घारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको