राजविराज । पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक केशरीराज घिमिरेले जनतलाई ढुक्क हुने गरी सुरक्षा प्रदान गर्न प्रहरी प्रतिवद्ध रहेको बताएका छन् । ईलाका प्रहरी कार्यालय महुलीको नवनिर्मित कार्यालय भवनको शुक्रवार उद्घाटन गर्दै उनले जनतालाई ढुक्क हुने सुरक्षा प्रदान गर्न हामी प्रतिवद्ध रहेको बताए । उनले प्रहरीको प्रयासले मात्रै सुरक्षा व्यवस्था दुरुस्त नहुने हुँदा जनताको साथ पनि आवश्यक रहेको बताए ।’ 

उनले जनताको सहयोग र सल्लाह लिएर प्रहरीलाई अगाडी बढ्नु पर्नेमा जोड दिदै प्रहरीको सहकार्यले नै अपराधरहित समाजको निर्माण हुने बताए ।’
उनले जनतासँग हातेमालो गरेर मुस्कान सहितको सेवा उपलब्ध गराउन मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन समेत दिए । प्रमुख घिमिरेले आन्दोलनको नाममा प्रहरी कार्यालयमाथि अक्रमण हुने भएकाले कुनैपनि बहानामा प्रहरी कार्यालयलाई निशाना नबाउन सम्बन्धित पक्षमा अग्रह गरे ।
‘प्रहरी कार्यालय जनताको सम्पती हो’ उनले भने–‘प्रहरी कार्यालयलाई सुरक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो ।’ भवन निर्माण उपभोक्त समितीका अध्यक्ष श्रीप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व खेलकुद मन्त्री सत्य नारायण मण्डल, क्षेत्र नम्बर १ का सांसद मानपुर चौधरी लगायतले वोलेका थिए ।
सप्तरीका प्रहरी नायव उपरिक्षक दान बहादुर कार्कीले संचालन गरेको कार्यक्रममा सगरमाथा अञ्चल प्रहरी कार्यालका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक बलराम शर्माले स्वागत गरेका थिए । १ करोड ४६ लाख ७७ हजार ६ सय १९ रुपैयाको कुल लागतमा दुई कठ्ठा डेढ धुरमा निर्माण भएको दुई तल्ले भवनमा १५ वटा कोठाहरु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर