राजविराज–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको अवरुद्धका बाबजुद एमाले कार्यकर्ता गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पुगेका छन् ।
एमालेको मेची–महाकाली अभियानको विरुद्धमा मधेशी मोर्चाका कार्यकताहरुले सोमबार विहानै देखि प्रदर्शन गर्दै आएपनि एमाले कार्यकर्ता गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पुगेका हुन् ।
एमालेले थालेको मेची–महाकाली अभियान सफल बनाउन कडा सुरक्षाको घेरामा रहेका गजेन्द्रनारायण सिंह औद्योगिकमा एमाले कार्यकर्ता पुगेको छ । एमालेले जसरी भएपनि अध्यक्ष केपी ओली आउने र कार्यक्रम पनि हुने जनाएको छ ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गको कार्यक्रम गर्न नदिने मोर्चाको घोषणा पछि सप्तरीमा तनाव बढेक हो ।
मोर्चाका कार्यकताहरुले सदरमुकाम राजविराजमा विहानै देखि टायर बालेर प्रदर्शन गर्दै आएका छन भने सप्तरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
मोर्चाले आह्वान गरेको बन्दका कारण राजविराजबाट छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैन् भने बजार शैक्षिक संस्थाहरु समेत बन्द रहेका छन् ।
यसैबीच प्रहरीले नेपाली काँग्रेसका नेता उमेश मिश्र र वीरेन्द्र माझी सहित ४ जनालाई सप्तरीको भारदह बाट नियन्त्रमा लिएको छ ।