अमेरिकास्थित अल नेपाल तराईयन एसोसिएसन (एएनटीए) का सदस्यहरूले आइतबार न्यूजर्सीमा मिथिला सांस्कृतिक वनभोज आयोजना गरेका छन् । उक्त अवसरलाई बाल वनभोज एएनटीएकी प्रवक्ता तथा सांस्कृतिक संयोजक अपराजिता झाले आफ्नो एक विज्ञप्तिमा लेख्नुभएको छ, “हामीले हाम्रो समय खेलौना र समा–चकेवा बनाउनुमा खर्च ग¥यौं ।” “वनभोजमा सहभागी बालबालिकासहित हामीले मिथिला कलामा सहभागी भयौं र मिथिला चित्रकलामा विशिष्ट योगदान गर्ने दुलारी देवीमाथि लेखिएको पुस्तक पनि पढ्यौं”, उहाँले लेख्नुभएको छ कि वनभोजमा मध्यदेशीय परिकार खानुका साथै पानन सुपारी पनि चपायौं । एएनटीएले न्यूजर्सीमा आउँदो नोवेम्बर–दिसेम्बरतिर विद्यापति साँझ पनि मनाउने भएको विज्ञप्तिमा जनाइएको छ ।
ANTA’S SUMMER PICNIC, JULY 30th IN NJ