सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठुलोसिरुवारीमा रहेको सेतिदेवि माध्यामिक विद्यालयमा पुन मतदान गराउन लोकतान्त्रिक गठबन्धनले माग गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका १३ स्थित सेतिदेवि माविको क ख र ग गरी तिन वटै बुथमा पुन मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यलयमा निवेदन परेको हो ।
गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका प्रतिनिधि सभा २ का उम्मेदवार पशुपति सम्शेर राणा र प्रदेस सभा २ का उम्मेरदवार विकास तामाङले कार्यलयमा निवेदन दिएको मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताउनुभयो ।
मुख्य निर्वाच अधिकृतको कार्यलयले निवेदन संगै आवश्यक कागजहरु निर्वाचन आयोगमा पठाइसकेको मुख्य निर्वाच अधिकृत खनालको भनाई छ ।
उहाँका अनुसार यो विषयमा निर्वाचन आयोगको निर्णयनै अन्तिम हुने र भोलि बेलुकी सम्म निर्णय आउने सम्भावना रहेको बताइएको छ ।
आजै निर्णय पठाईने भनेपनि आयोगको ब्यस्तताले नआएको खनालले बताउनु भयो ।
आईतबार सम्पन्न प्रतिनिधि र प्रदेस सभाको मतदानका सबै अहिले चौतारामा रहेको कृषि विकास कार्यलयमा राखिएको छ