काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन अन्तिम साता राष्ट्रिय भेला बोलाएका छन्।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाको मिति घोषणा गरिएको हो। पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताए।
पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताए।
कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको उनले जानकारी दिए।







