काठमाडौँ । जनकपुरमा विगत केही समयदेखि भइरहेको आन्दोलन र विवाद समाधानतर्फ उन्मुख भएको छ । संयुक्त हिन्दु मोर्चाले आफ्ना मागहरू समेटिएको १३ बुँदे माग पत्र नेपाल सरकारका गृहमन्त्रीसमक्ष पेस गर्दै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा आज (शनिबार) गृहमन्त्री सुधन गुरुङसमक्ष मोर्चाको तर्फबाट उक्त माग पत्र बुझाइएको हो । माग पत्र बुझाएसँगै मोर्चाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू (बन्द हडताल सहित) स्थगित गर्ने घोषणा गरेको छ, जसअनुसार भोलिदेखि पूर्वघोषित बन्द तथा आन्दोलनका कार्यक्रमहरू पूर्ण रूपमा फिर्ता र स्थगित हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको