जनकपुर । तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था सामान्य बनाउन गृहमन्त्री सुदन गुरुङ र आन्दोलनरत हिन्दु सम्राट सेनाका प्रतिनिधिबीच जनकपुरमा वार्ता सुरु भएको छ।

शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरस्थित अधिकृत संगममा भइरहेको वार्तामा हिन्दु सम्राट सेनाका प्रतिनिधि, स्थानीय क्लबका प्रतिनिधि तथा संघीय सांसद मनिष झा र राजकिशोर महतो सहभागी छन्।

हिन्दु सम्राट सेनाले सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डअघि विद्युत् आपूर्ति बन्द गरिएको विषयमा निष्पक्ष छानबिन, मृतकहरूलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग अघि सारेको छ।

यसअघि शुक्रबार जनकपुरमा बसेको सर्वपक्षीय बैठकले तनाव कम गर्न सहमति गरेको थियो। सोही सहमतिअनुसार शनिबार बिहान सद्भाव र्‍याली आयोजना गरिएको थियो। तर, र्‍यालीकै क्रममा हिन्दु सम्राट सेनाले असहमति जनाउँदै छुट्टै प्रदर्शन गरेपछि वार्ताको प्रक्रिया अघि बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको